logo

अर्थतन्त्र, श्रम तथा रोजगारका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीसँग परिसंघको छलफल

मितिः बैशाख १२, २०८०

अर्थतन्त्र, श्रम तथा रोजगारका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीसँग परिसंघको छलफल

काठमाडौं । 

नेपाल उद्योग परिसंघले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा छलफल गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना दिदै विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल गरेको हो । 

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचनका उद्योगी व्यवसायी नाजुक अवस्थामा रहेको बताउनुभयो । उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीहरुको मनोबल बढाउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । हालको अवस्था थप लम्बिएकोअवस्थामा श्रम कटौती गर्नुपर्ने अवस्था आउनेतर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो ।

अर्थतन्त्रलाई चलायमान बनाउन पूँजीगत खर्च बढाउनुपर्ने, खुम्चदो माग बढाउन हाल लागू गरिएको नीतिगत व्यवस्थामा केही लचकता अपनाइनुपर्ने, अवैध कारोबार रोक्न सीमा क्षेत्रमा कडाई गरिनुपर्नेलगायतका विषयमा परिसंघले जोड दिएको छ । यसैगरी परिसंघले श्रमिकहरुको उत्पादकत्व बढाउन १० प्रतिशतसम्म हायर एण्ड फायरको व्यवस्था गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ । मेक इन नेपाल स्वदेशी अभियान, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने सुझावसहितको परिसंघको रिबुटिङ नेप्लिज इकोनोमी अवधारणामा छलफल भयो । 

छलफलमा मन्त्री भण्डारीले अर्थतन्त्रमा सुधार ल्याउन परिसंघको सुझावका लागि धन्यवाद व्यक्त गर्नुहुँदै पूँजीगत खर्च बढाउनुपर्नेमा जोड दिनुभयो । 

छलफलमा वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्ष विरेन्द्रराज पाण्डे, परिसंघ रोजगारदाता परिषद् सभापति अमित बेगानी, परिसंघ राष्ट्रिय परिषद सदस्य अमित मोर, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी हुनुहुन्थ्यो । 

 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP