logo

५० करोड - नेपाली Startup का लागि

काठमाडौं, जेष्ठ १६ – नेपालमा नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप्स)को प्रवद्र्धनका लागि Confederation of Nepalese Industries Young Entrepreneurs Forum (CNIYEF) ले आगामी जून २५, २०२२ होटेल सोल्टी मा “CNIYEF Nepal StartUp Fest” आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम मा करिब ३००० स्वोदेशी तथा बिदेशी उद्ध्यमी, लगानी कर्ता, बिद्यार्थी, बुद्धिजिबी, पत्रकार आदिको सहभागिता रहने आनुमान गरिएको छ  ।

नेपालमा स्टार्टअप्सलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको स्थापित गर्ने उद्देश्यसले यस कार्यक्रम आयोजना गर्न लागिएको जानकारी  Confederation of Nepalese Industries Young Entrepreneurs Forum (CNIYEF) का अध्यक्ष अमुन थापाले दिनु भयो ।  स्टार्टअप्सलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनका लागि समितिले सरकारसँग सहकार्यक्रमा काम गर्न सक्ने बताउनुभयो । उहाँले व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको र  नयाँ क्षेत्रहरुमा काम गर्ने संभावना रहेको उल्लेख गर्नुभयो ।

आयोजना गर्न लागिएको उक्त कार्यक्रममा स्टार्टअप्सले लगानी लागि प्रस्ताब पनि पेस गर्ने बेबस्था मिलाइएको छ । “CNIYEF Nepal StartUp Fest” को official Website https://startup.cniyef.org/ मार्फत आबेदन पेस गर्न सकिने जानकारी Confederation of Nepalese Industries Young Entrepreneurs Forum का निबर्तमान अध्यक्ष चाङ अग्रवालले दिनु भएको छ, Startup हरुलाई लगानी को आबेदन को लागि २७ जेठ सम्म को समय अबधि तोकिएको छ । चाङ उत्साहित हुदै भन्छन “ एस्तो कार्यक्रम नेपाल को इतिहासमा नै पहिलो पटक हुन लागेको हो, हामीले ४ मिलियन डलर बराबरको लगानीका लागि आसयपत्रमा हस्ताक्ष्यर गरिसकेको छौ । Team Venture, Global Equity Fund,  Aadhyanta Fund Management, Himalayan Capital र Televenture Partner Pvt. Ltd. ले संयुक्त रुपमा करिब ५० करोड को आसय दिसकेका छन् । होटेल हिमालय मा बैसाख २९ गते भएको एक सम्हारोहमा उक्त सस्थाहरु संग हामीले आसय पत्र मा हस्ताक्ष्यर गरेको छौ । साथै सोहि समारोहमा Nepal Private Equity Association, Impact Hub, Robotics Association Nepal (RAN) र Anterprerana  संग पनि सहकार्य गर्न सम्झौता गरिसकेको छौ ।”

CNIYEF Nepal StartUp Fest मा विविन्न विधाका ७ ओटा स्टार्टअप्सहरुलाई सम्मान्नित गरिनेछ । ५० भन्दा धेरै स्टार्टअप्सले आफ्नो बस्तु तथा सेवा को प्रदर्शनी गर्ने बेबस्था समेत गरिएको छ । एक दिन सम्म चल्ने उक्त कार्यक्रममा Panel Discussion, Investors Dating, robotic football, panel discussion, drone activities, musical concert आदि कार्यक्रमहरु रहनेछन् । उक्त कार्यक्रममा  सहभागी हुन फेस्ट को official Website https://startup.cniyef.org/ मा आफ्नो नाम दर्ता गराउन सकिने छ ।

ब्रोसर हेर्न यहाँ क्लिक गर्नुहोस् ।  

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP