परिसंघको विधानको दफा ७ को व्यवस्थाअनुसार परिसंघको सदस्यताका लागि निम्नानुसारको योग्यता तोकिएको छ ।
क) संस्थापक सदस्यः
1. ३ करोड वा सोभन्दा बढी स्थिर सम्पती भएको ।
2. ३ करोड वा सोभन्दा बढी चुक्ता पूँजी भएको ।
3. वार्षिक कारोवार ५ करोडभन्दा बढी भएको ।
ख) प्रतिष्ठानगत सदस्यः
1. ३ करोड वा सोभन्दा बढी स्थिर सम्पत्ती भएको ।
2. ३ करोड वा सोभन्दा बढी चुक्ता पूँजी भएको ।
3. वार्षिक कारोवार ५ करोड भन्दा बढि भएको ।
ग) संस्थागत सदस्यः
कानून वमोजिम नेपाल सरकारका विभिन्न निकायमा दर्ता भएका कम्तीमा १० वटा प्रतिष्ठान मिलि दर्ता भएका केन्द्र स्तरीय, प्रदेश तथा जिल्ला स्तरीय संघ संस्थाहरु .
परिसंघको सदस्यता तथा शूल्क सम्बन्धि जानकारी
नेपाल उद्योग परिसंघको विधान २०५८ (तेस्रो संशोधन सहित) को दफा (क) अनुसार निम्न किसिमको सदस्यताको व्यवस्था रहेको छ ।
क. प्रतिष्ठानगत सदस्यता (Corporate Membership):
प्रतिष्ठानगत सदस्यका लागि प्रवेश शुल्क रु ५ हजार, सदस्यता शुल्क वापत रु २० हजार र वार्षिक नवीकरण शुल्क वापत रु २० हजार लाग्नेछ ।
ख. संस्थागत सदस्यता (Institutional Membership) :
संस्थागत सदस्यका लागि प्रवेश शुल्क रु ५ हजार, सदस्यता शुल्क वापत रु २० हजार र वार्षिक नवीकरण शुल्क वापत रु २० हजार लाग्नेछ ।
C. आजीवन कर्पोरेट सदस्यता (Life Time Membership):
यस अन्तर्गत सदस्यता शुल्कका लागि एक पटकमात्र एकमुष्ट रु २, ५०,०००।- (दुई लाख पचास हजार मात्र) भुक्तानी गर्नु पर्नेछ । यस सुविधा अन्तर्गत सदस्य बन्ने संस्थाले वार्षिक नवीकरण शुल्क बापत तिर्नुपर्ने रु २० हजार तिरिरहनु पर्ने छैन ।
D. आजीवन संस्थागत सदस्यता:
यस अन्तर्गत सदस्यता शुल्कका लागि एक पटकमात्र एकमुष्ट रु १,५०,०००।- (एक लाख पचास हजार मात्र) भुक्तानी गर्नु पर्नेछ । यस सुविधा अन्तर्गत सदस्य बन्ने संस्थाले वार्षिक नवीकरण शुल्क बापत तिर्नुपर्ने रु २० हजार तिरिरहनु पर्ने छैन ।
परिसंघको सदस्यताका लागि पेश गर्नु पर्ने आवश्यक कागजातहरु
क) संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपि
ख) प्रबन्धपत्र नियमावली वा विधानको प्रतिलिपि
ग) प्रतिष्ठानगत सदस्यताको हकमा कर्य समितिको निर्णयको प्रतिलिपि