logo

नेपाल पुर्वाधार सम्मेलन २०२२ सन्दर्भमा दुई वटा प्रदेशमा प्रादेशिक कार्यशाला सम्पन्न

 

भदौ १ । नेपाल पुर्वाधार सम्मेलन २०२२ को तयारीमा रहेको नेपाल उद्योग परिसंघले सम्मेलनको प्रादेशिक कार्यशाला आरम्भ गरेको छ । परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेको नेतृत्वमा नेपाली युवा निर्माण व्यवसायी समुदाय (YCNC) का अध्यक्ष सुशिल कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष बसन्त चन्द लगायत पदाधिकारीहरुको सहभागितामा कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशमा कार्यशाला आयोजना गरिएको हो ।  

भाद्र १ गते कर्णाली प्रदेशको राजधानी सुर्केतमा भएको कार्यशाला मुख्यमन्त्री जीवनबहादुर शाहीको प्रमुख आतिथ्यतामा गरिएको थियो ।  यस्तै प्रदेश अर्थमन्त्री, प्रदेश भौतिक पुर्वाधार मन्त्री, प्रदेश योजना आयोग सदस्य तथा निजी क्षेत्रका प्रतिनिधिहरु पनि सहभागी हुनुभयो ।  

सोहि दिन सुदुरपश्चिमको प्रदेश राजधानी धनगढीमा मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा पनि कार्यशाला सम्पन्न भयो । उक्त कार्यक्रममा प्रदेश आर्थिक मन्त्री, पुर्वाधार मन्त्री, प्रदेश सचिवहरु, प्रदेश योजना आयोग सदस्य तथा निजी क्षेत्रका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रदेशमा भएका पुर्वाधारका कार्यक्रमहरु र आगामी दिनमा प्रदेशले गर्नुपर्ने कार्यहरुको बारेमा सार्थक छलफल भएको थियो । 

 

 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP