logo

नेपाल उद्योग परिसंघ (CNI) को बीसौं वार्षिक साधारण सभाको सूचना

मितिः २०८०/०२/१५

 

श्रीमान् सदस्यज्यूहरु

नेपाल उद्योग परिसंघको बीसौ‌ं वार्षिक साधारण सभा यही २०८० असार ८ र ९ गते (तदनुसार 23rd and 24th June, 2023) मा हुने भएको व्यहोरा सम्पूर्ण सदस्यज्यूहरुमा सहर्ष जानकारी गराउन चाहन्छौं ।

साधारणसभा निम्नानुसार दुई सत्रमा काठमाण्डौमा सम्पन्न गर्ने तय गरिएको छ ।

 

पहिलो सत्रः

(क) साधारण सभाको समुद्घाटन समारोह २०८० असार ८ गते, शुक्रबार अपरान्ह ४:०० वजे । (होटेल एभरेष्ट, काठमाण्डौ)

परिसंघको बीसौं वार्षिक साधारण सभाको समुद्घाटन प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यूबाट हुनेछ र उक्त समारोहलाई सम्माननीय प्रधानमन्त्रीज्यूबाट सम्बोधन समेत हुने कार्यक्रम छ । 

 

दोश्रो सत्र: 

(क) साधारण सभाको बन्द सत्र: २०८० असार ९ गते, शनिबार, विहान १० वजे देखि (एलफ्ट काठमाण्डौ, ठमेल)

बन्द सत्रको बिषय सूची मुख्यतया निम्नानुसार हुनेछ :

१) परिसंघको कार्यक्रम एवं गतिबिधि सम्बन्धि प्रतिवेदन प्रस्तुत तथा छलफल ।
२) परिसंघको आ.ब. २०७८/७९ को लेखा परिक्षण प्रतिवेदन तथा आ.ब. २०७९/८० को आय-व्यय विवरण प्रस्तुत तथा छलफल ।
३) आ.ब. २०७९/८० का लागि लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण ।
४) परिसंघको आ.ब. २०८०/८१ को कार्यदिशा प्रस्तुति तथा छलफल ।
५) बिबिध ।

 

(ख) राष्ट्रिय परिषद सदस्यहरुको निर्वाचनः २०८० असार ९ गते, शनिबार, दिनको १:०० वजे देखि (एलफ्ट काठमाण्डौ, ठमेल)

 

(ग) उपाध्यक्षहरूको मनोनयनः राष्ट्रिय परिषदको निर्वाचन परिणाम घोषणा लगत्तै जारी हुने सूचना बमोजिम ।

 

साधारण सभामा भागलिन आवस्यक प्रतिनिधि दर्ता फाराम, निर्वाचन कार्यक्रम, तथा परिसंघ राष्ट्रिय परिषद सदस्यको उम्मेदवारी मनोनयन दर्ता फाराम यहाँहरुको प्रयोजनार्थ तल दिएको लिङ्कहरूबाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ । 

साधारणसभाका सम्पूर्ण कार्यक्रमहरुमा परिसंघका सवै सदस्य प्रतिनिधिज्यूहरुको सहभागिता सहित साधारण सभा सफल बनाउनका लागि हार्दिक आग्रह गर्दछौं । 

साधारणसभा सम्बन्धि थप जानकारी आवश्यक परेमा परिसंघको सचिवालयमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।

 

डाउनलोड लिंकहरू

क) प्रतिनिधि दर्ता फाराम
ख) निर्वाचन कार्यक्रम
ग) राष्ट्रिय परिषद सदस्यको उम्मेद्वारी मनोनयन दर्ता फाराम

(पुनश्चः परिसंघको विधानमा साधारण सभामा भाग लिन चालू आर्थिक बर्षको सदस्यता नविकरण गरिएको हुनु पर्ने प्रावधान रहेको जानकारी गराउदै यहाँको संस्थाको नविकरण भएको सुनिश्चित गर्नु हुन समेत हार्दिक अनुरोध गर्दछौं । साधारण सभाको व्यवस्थापनलाई सहयोग पुग्ने गरि साधारण सभामा भाग लिनु हुने प्रति प्रतिनिधि रु। ५,०००।– शुल्कलाग्ने व्यवस्था गरिएको व्यहोरा जाकारीको लागि अनुरोध छ । यस सम्बन्धि थप जानकारी प्रतिनिधि दर्ता फाराममा उपलब्ध रहेको छ ।)

 

महानिर्देशक
नेपाल उद्योग परिसंघ
थापाथलि, काठमाण्डौ

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP