
नेपालको सन्दर्भमा स्टार्टअप व्यवसायको परिभाषा तय गरी नीति निर्माणमा सहजीकरण गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ अन्तर्गतको स्टार्टअप अभियान समितिले छलफल कार्यक्रम आयोजना गरेको छ ।
सरकारले स्टार्टअप व्यवसाय प्रवर्द्धन कार्यक्रम सञ्चलान गर्न स्पष्ट परिभाषासहित कार्यविधि तयार तथा नीति तर्जुमामा सहयोग पुर्याउने उद्देश्यले परिसंघले छलफल कार्यक्रम आयोजना गरेको हो ।