logo

नेपालमा ग्रीन इन्फ्रास्ट्रक्चरमा लगानीको सम्भावना उच्च रहेको लगानी बोर्डले बताएको छ ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको चौंथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन २०२२ को दोस्रो दिन शुक्रबार नेपालमा लगानीको वातावरणबारे लगानी बोर्डले प्रस्तुती दिएको हो । लगानी बोर्डका उपसचिव रमेश अधिकारीले परियोजनासँग सबै निकायबाट सहज रुपमा सहजिकरण भइरहेको बताउनुभयो । ‘हाम्रोमा कुनै पनि लगानीकर्ताप्रति भेदभाव छैन । लगानीकर्ताले आफूले परियोजनाबाट आर्जन गरेको कमाइ सहजै लिनसक्ने अवस्था छ । त्यस्तै लोकल फाइनान्सिङको पनि कुनै समस्या छैन’ उहाँले भन्नुभयो ।  

नेपालमा सहरी यातायात व्यवस्थापनमा बढ्दो चुनौतीसँगै अवसर पनि बढेको उहाँले बताउनुभयो । सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनलाई बढी प्रोत्साहन गरिएको समेत उहाँको भनाइ थियो । ‘यो समय ग्रीन प्रोजेक्टको हो । यो क्षेत्रमा हाम्रो देशमा अथाह सम्भावना छ । लगानी बोर्डले पनि यसमा जोड दिँदै आएको छ ।’

नेपालमा हालसम्मको विदेशी लगानीको अवस्था र सम्भावनाबारे प्रस्तुती दिदै लगानी बोर्डका कन्सल्टेन्ट प्रज्ञा अधिकारी र अक्षित पौडेलले नेपालमा हालसम्म भएका वैदेशिक लगानीको अवस्था बारे जानकारी दिनुभयो ।  
नेपालको पूर्वाधार क्षेत्रमा ग्रीन कन्सेप्ट अवलम्बन गरिएको पौडेलले बताउनुभयो । देशभर ग्रीन इन्फ्रास्ट्रक्चरको रुपमा १० ठूला परियोजना लगानी बोर्डले सहजिकरण गरिरहेको बोर्डले जनाएको छ । ९०० मेगावाटको अप्पर कर्णाली जलविद्युत् आयोजना, ३५० मेगावाटको ग्रीड कनेक्टेड सोलार प्रोजेक्ट, ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना, २५० मेगावाटको सोलार प्रोजेक्ट, २१६ मेगावाटको माथिल्लो त्रिशुली १, ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत्, भेञ्चर वेस्ट टू इनर्जी (परीक्षण), ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना, ९०० मेगावाटको अरुण तेस्रो र ३२७ मेगावाटको माथिल्लो मस्र्याङ्दी निर्माणाधीन छन् । 
ऊर्जाअन्तर्गत जलविद्युत्, वायु ऊर्जा, सौर्य ऊर्जा, बायोमास र जिओथर्मलमा लगानी गर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै यातायातको क्षेत्रमा रेलमार्ग, द्रुतमार्ग, सुरुङमार्ग, केबलकार, बस ¥यापिट ट्रान्जिट र फ्लाइओभरमा समेत लगानीको सम्भावना रहेको बोर्डले जनाएको छ । 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP