logo

नेपालको सिएनआई युवा उद्यमी मञ्च र भारतको फिकी युवा नेतृत्व मञ्चबीच युवा उद्यमशीलता प्रबद्र्धन गर्न सहकार्य समझदारी 

मितिः चैत्र १०, २०७९

नेपालको सिएनआई युवा उद्यमी मञ्च र भारतको फिकी युवा नेतृत्व मञ्चबीच युवा उद्यमशीलता प्रबद्र्धन गर्न सहकार्य समझदारी 

काठमाडौं । 

युवा उद्यमशीलता प्रबद्र्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि युवा नेतृत्व मञ्च (FICCI FYL) बीच युवा उद्यमीहरुको नवीन सोंचको प्रवद्र्धन, प्रोत्साहन एवं उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो । 

हालै भारतको नयाँ दिल्ली भएको फिकी ग्लोबल लिडर समिटमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि युवा नेतृत्व मञ्चबीच उक्त समझदारी भएको छ ।

समझदारी पत्रमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च अध्यक्ष प्राची अग्रवाल र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि युवा नेतृत्व मञ्च शाश्वत गोयन्काले हस्ताक्षर गर्नुभएकोे छ । यस समझादारी अनुसार दुई देशका युवा नेतृत्व, युवा उद्यमीहरुबीच विभिन्न समयमा छलफल, अन्तरक्रिया गर्ने, भ्रमण गर्ने, युवा उद्यमीहरुलाई प्रोत्साहनलगायतका कार्यक्रम गरिनेछ । 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) नेपाल उद्योग परिसंघले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न गठन गरेको युवा उद्यमी मञ्च हो । यस्तै फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि योग लिडर फोरम भारतको युवा नेतृत्व मञ्च हो ।

सन् २००५ अगष्ट १५ मा गठित सिएनआईवाइईएफको नेतृत्वमा हालै काठमाडौंमा स्टार्टअप फेस्टको आयोजना भएको थियो भने इन्क्यूभेसन सेन्टर स्थापनालगायतका काम भईरहेका छन् । 
 

 

News & Press Releases

View All

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP