logo

परराष्ट्र मामिला, आर्थिक कूटनीति र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्न सिएनआई र सीडीडीबीच सहमती

मितिः पुष ११, २०७९  

परराष्ट्र मामिला, आर्थिक कूटनीति र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्न सिएनआई र सीडीडीबीच सहमती 

काठमाडौं । 

नेपाल उद्योग परिसंघ (सिएनआई) र सेन्टर फर डिप्लोमेसी एण्ड डेभलपमेन्ट (सीडीडी) बीच दुई पक्षिय हितका विषयमा सहकार्य गर्ने गरी एक सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र सेन्टर फर डिप्लोमेसी एण्ड डेभलपमेन्टका संस्थापक अध्यक्ष मोहन कृष्ण श्रेष्ठले हस्ताक्षर गर्नुभयो । 

दुई संस्थाबीच परराष्ट्र मामिला, आर्थिक कूटनीति र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सहमती भएको हो । यस्तै यी क्षेत्रमा समाज र देशको हितमा काम गर्न एकले अर्कोलाई सघाउने सहमती भएको छ । 
आर्थिक कूटनीति, विदेश मामिला र अन्य प्रासंगिक क्षेत्रहरूमा सीडीडीले परिसंघलाई सल्लाहकार सेवाहरू उपलब्ध गराउने सहमती दुई संस्थाबीच भएको छ । 

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रलाई १०० भन्दा बढी युनिट रहने अपार्टमेन्टको बढीमा २० प्रतिशत युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा विक्री गर्न अनुमती दिने कानूनी व्यवस्था कार्यान्वयनमा लैजान पहल गरिनुपर्ने बताउनुभयो । यस्तै वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई प्राथमिक शेयर निष्काशनमा १० प्रतिशत आरक्षणको गरिएको व्यवस्था, सूचना प्रविधिमा आधारित सेवा निर्यात गरेबापत विदेशी मुद्रामा प्राप्त गरेको आयमा १ प्रतिशत मात्र कर लाग्ने व्यवस्थाको प्रचारप्रसार गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

सेन्टर फर डिप्लोमेसी एण्ड डेभलपमेन्टका संस्थापक अध्यक्ष श्रेष्ठले परिसंघ र केन्द्रबीच काम गर्न एउटा छुट्टै समिति बनाएर अगाडि बढिने बताउनुभयो ।  
 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP