logo

सीएनआई रोजगार तथा सीप मेला, २०७९

   सीएनआई रोजगार तथा सीप मेला, २०79

   CNI JOBS AND SKILLS FAIR 2022

मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्तिहरु रोजगारीको खोजिमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीहरुले कर्मचारीहरु माग गरिरहेको पनि देखिन्छ । तर, एकातर्फ आवश्कता अनुसार कम्पनीहरुले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजिमा रहेका व्यक्तिहरु आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको देखिन्छ ।

यस्तै कर्मचारी पाउने तर सीपयुक्त कर्मचारी पाउन नसक्ने अवस्था पनि विद्यमान छ । के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामन्जस्यता हुन सकिरहेको छैन यसका लागि निजी क्षेत्र, सरकारी निकायहरुको कस्तो भूमिका आवश्यक पर्छ ? भन्ने विषयमा केन्द्रित रहेर नेपाल उद्योग परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा ‘सिएनआई रोजगार तथा सीप मेला २०७९(CNI JOBS AND SKILLS FAIR 2022) आयोजना गर्न लागिएको छ ।  

सिएनआई रोजगार तथा सीप मेला २०७९ ले विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्नेछ । यस्तै रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहद छलफल पनि हुनेछ । 

आगामी कार्तिक १७ देखि २० गते (3rd to 6th November) सम्म काठमाडौंस्थित भृकुटीमण्डपमा हुने सिएनआई रोजगार तथा सीप मेला २०७९ (CNI JOBS AND SKILLS FAIR 2022) बाट आउने सम्भावित उपलब्धी यस प्रकार छन्ः

बजारमा सीपको उपलब्धता र सीपको आवश्यकता बीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने ।

सरकार तथा अन्य सरोकारवालाहरूलाई रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरुको आवश्यकतामा काम हुने । 

नेपालमा विश्वस्तरीय जनशक्ति सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताहरूको पहिचान हुने । 

मेलाको आकर्षणहरुः

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता

सीप विकास सम्बन्धी विभिन्न विषयमा वृहद छलफल

सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुती

आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरुसँग सम्पर्क÷छलफल गर्न सकिने ।

तीन दिने मेलामा २०० भन्दा बढी कम्पनीहरु सहभागि हुने हाम्रो अपेक्षा छ । कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरुसमेत गरी ५० हजार भन्दा बढी व्यक्तिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरेका छौं ।

थप जानकारिका लागिः

मेला संयोजकहरुः

द्धिराज शर्मा– ९८०१०३६०१८

अमित बेगानी– ९८०१०३३१३२

 
 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP