logo

StartUp Fest Press Release

मितिः २०७९ असार ९

 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च -Confederation of Nepalese Industries Young Entrepreneurs Forum) ले आगामी असार ११ गते शनिबार (२५ जुन २०२२) CNIYEF Nepal StartUp Fest 2022 आयोजना गर्न गइरहेको छ ।

राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा StartUp Fest 2022 आयोजना गर्न लागिएको हो । नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन नवप्रवर्तनकारीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको र त्यसको सफल कार्यान्वयनका लागि हामीले रचनात्मक भूमिका निर्वाह गर्दै आईरहेका छौं । व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको र नयाँ क्षेत्रहरुमा काम गर्ने संभावना देशमा रहेको हुँदा त्यसलाई प्रोत्साहन गर्ने हाम्रो अभियान छ ।

Nepal StartUp Fest 2022 मा स्टार्टअप्सले लगानी लागि परियोजनासहित प्रस्ताब पेस गरेका छन् । स्टार्टअपहरुलाई लगानीका लागि आबेदन पेश गर्न २७ जेठ सम्मको समय अबधि तोकिएकोमा देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको थियो । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुती गर्ने अवसर दिइनेछ भने पूँजी लगानीको अवसर पनि प्रदान गरिने नेपाल उद्योग परिसंघ स्टार्टअप अभियान समिति आयुषी केसीले बताउनुभयो । यो कार्यक्रबाट स्टार्टअपहरुलाई पूँजी तथा प्राविधिक सहयोग प्रदान गरिनेछ भने लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानी गर्ने अवसर दिइएको छ ।  

युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न परिसंघले युवा उद्यमी मञ्चमार्फत युवाहरुलाई थप प्रोत्साहन गर्न Nepal StartUp Fest 2022 आयोजना गर्न लागेको परिसंघका उपाध्यक्ष रोहित गुप्ताले बताउनुभयो । यस्ता कार्यक्रमले स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरुलाई उत्साहित बनाउने परिसंघको विश्वास छ। StartUp Fest मार्फत करिब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरिनेछ Team Ventures, Global Equity Fund, Aadhyanta Fund Management, Himalayan Capital, Televenture Partner Pvt. Ltd. ले पुँजी लगानीको प्रतिबद्धता गरिसकेका छन् ।

स्वदेशी एवं विदेशी विज्ञहरुबाट स्टार्टअपको विषयमा प्रस्तुती हुने एक दिने कार्यक्रममा Key Note Speaker, Panel Discussion, Robotic Football, Robowar, Live Musical Concert हुनेछन् भने ४० बढी स्टार्टअप्सले आफ्नो बस्तु तथा सेवाको प्रदर्शनी गर्ने मञ्चका मनिस श्रेष्ठले बताउनुभयो । मञ्चका निवर्तमान अध्यक्ष चाङ अग्रवालले स्टार्टअपहरुलाई लगानीको लागि आवेदन माग गर्दा ३०० बढीको आवेदन परेको जानकारी गराउनुभयो ।

StartUp Fest 2022 को टाइटल स्पोन्सरमा नबिल बैंक रहेको छ यस्तै Yamaha, Worldlink, Gold Sponsor: IMEPay, RMC (Tansen Cement), Everest Gas Sansar, Turkish Airlines, Unilever, Knowledge Partner: Impact Hub, Nepal Private Equity Association, Idea Studio, Anterprerana, Investment Partner: Global Equity Fund, Team Ventures, Tele Ventures Pvt. Ltd, Aadhyanta Fund Management, Himalayan Capital Limited, Media Partner: News 24, The Himalyan Times, Digital Partner: Kazi Studios, Encore. Innovation Partner: Pioneer Law Firm, Logo Sponsor: Century Foods, Mahalaxmi Bikas Bank, Hospital Partner: Hotel Soaltee, Food Delivery Partner: FYMO रहेका छन् ।

काठमाडौंस्थित सोल्टी होटेलमा हुने StartUp Fest 2022 मा सहभागी हुन ३०० रुपैयाँको टिकट लाग्नेछ ।

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP