
अन्तराष्ट्रिय व्यापार तथा भन्सार जाँचपाससँग सम्बन्धि आवश्यक अनुमतिपत्र, इजाजत, प्रमाणपत्र र अन्य License, Permit, Certificate and Others- (LPCO) का लागि विद्युतीय कारोबार नियमावली २०६४ को नियम ३७ बमोजिम नेपाल राष्ट्रिय एकद्वार प्रणाली (Nepal National Single Window- NNSW) मार्फत जारी हुने गरि प्रक्रिया पूरा भई सकेको छ ।
हालै नेपाल सरकारद्वारा जारी भएको आर्थिक अध्यादेशले भन्सार ऐन २०६४ मा गरेको संशोधनको दफा ८९ (ङ) को उपदफ (४) तथा संशेधन सहित जारी भएको भन्सार नियमावली २०६४ को नियम ६६ (च) ले निकासीकर्तालाई आवश्यक पर्ने उत्तपत्तिको प्रमाणपत्र समेत यस नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत अनलाईन जारी हुने व्यवस्था गरेको छ । सोही अनुरुप नेपाल उद्योग परिसंघबाट जारी हुदै आएका उत्पत्तिको प्रमाणपत्रहरु सोही प्रणाली अन्तरगत विद्युतीय माध्यमबाटै जारी गरिने छ ।
निकासीकर्ताले उत्पत्तिको प्रमाणपत्र माग गर्न नेपाल राष्ट्रिय एकद्वार प्रणालीको पोर्टल (Portal) www.nnsw.gov.np मा दर्ता भई सोही पोर्टल मार्फत आवेदन गर्नु पर्ने व्यवस्था गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरीएको छ ।
पूनश्चः
प्रणालीमा दर्ता हुने, उत्पत्तिको प्रमाणपत्र माग गर्ने तथा अन्य सञ्चालन सम्बन्धी User Manual प्राप्त गर्न यहाँ क्लिक गर्नु होस ।
प्रयोगकर्ताको सहजताकालागि संचालन तरिका उल्लेख गरिएका भिडियोहरु युट्युव च्यानलमा उपलब्ध छन् । युट्युवमा भिडियो हेर्न यहाँ क्लिक गर्नु होस ।
पोर्टल संचालन, दर्ता प्रकृया वा उत्पत्तिको प्रमाणपत्र माग गर्न प्रकृयामा समस्या भए वा थप जानकारी आवश्यक परेमा निम्न फोन नम्बरहरुमा सम्पर्क गर्नुहुन समेत सुचित गर्दछौ ।
सम्पर्क ठेगानाः
१. भन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौः ०१-४११७०१०
२. Help Desk, त्रिपुरेश्वर, काठमाण्डौः १६६-००१६-००१६
३. नेपाल उद्योग परिसंघको सचिवालय, थापाथली, काठमाण्डौः ०१-५११११२२
४. राजीव मजगैयाँ, नेपाल उद्योग परिसंघ (९८५१२१५५६५)
५. हरि सामरी, नेपाल उद्योग परिसंघ (९८४९०६००९६)
६. राजु पोखरेल, नेपाल उद्योग परिसंघ (९८४९५७५१९१)
७. रश्मि पौड्याल, नेपाल उद्योग परिसंघ (९८४००१७२४४)
यादवप्रसाद पौड्याल
महानिर्देशक
मिति : २०७८-०२-३०