logo

विश्व पर्यटन दिवसको अवसरमा नेपाल उद्योग परिसंघको पर्यटन परिषद्ले नेपालको कला संस्कृतीलगायत नयाँ पर्यटकीय सम्भावनाहरु उजागर गर्ने विषयसँग सम्बन्धित रहेर एक कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन पनि भएको बताउनुभयो । विदेशी मुद्रा भित्र्याउन पर्यटन दिगो र भरपर्दो स्रोत भएकाले पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । रोजगारीका लागि विदेशिन बाध्य जनशक्तिलाई नेपालमै सम्मानजनक र राम्रो आयसहितको रोजगारी दिलाउन पनि पर्यटन क्षेत्रको उन्नत विकासले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

नेपाल उद्योग परिसंघको उपाध्यक्ष समेत रहनुभएका परिसंघ पर्यटन परिषद्का सभापति राजबहादुर शाहले कोभिड १९ को असरबाट विस्तारै बाहिर आएको निजी क्षेत्रलाई बलियोसँग उभिएर पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन सरकारले नीतिगत सहयोग गर्नुपर्ने बताउनुभयो । नागरिकस्तरबाट पनि कोभिडका बेलामा बढेको आन्तरिक घुमफिरको ट्रेन्डले निरन्तरता पाउन सके पर्यटन व्यसायीहरुलाई नयाँ गन्तव्यहरु खोज्न, नयाँ प्रडक्ट, प्याकेजहरु ल्याउन उत्साह मिल्ने उहाँले बताउनुभयो । 

यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘रिथिङ्किङ टुरिज्म’ रहेको सन्दर्भमा परिसंघको पर्यटन परिषद्ले तयार पारेको नेपालको आगामी पर्यटनको कार्यदिशा सम्बन्धी सुझावात्मक योजना परिसंघका महानिर्देशक दिपकराज जोशीले प्रस्तुत गर्नुभयो । उक्त सुझाव पर्यटनसँग सम्बद्ध निजी तथा सरकारी निकायहरुलाई उपलब्ध गराइनेछ । कार्यक्रममा पर्यटन व्यवसायसँग सम्बन्धित संघ संस्था, नेपालस्थित राजदूत एवं विकास साझेदार प्रतिनिधिहरु, उद्योगी व्यवसायीका प्रतिनिधिमुलक संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा सुरुहुँदै गरेका चाडपर्वको शुभकामना आदनप्रदान पनि गरिएको थियो । 

समृद्ध मुलुक निर्माणका लागि पर्यटन पनि महत्वपूर्ण एवं भरपर्दो आधार भएकाले यसको विकास एवं विस्तारमा नेपालको निजी क्षेत्रले थप योगदान गर्ने विश्वासका साथ यस अवसरमा शुभकामना पनि व्यक्त गर्दछौं । 
 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP