logo

ELMS परियोजनाको पाँचौ बोर्ड बैठक सम्पन्न

Establishing an Employer led Labour Market Secretariat (ELMS) परियोजनाको पाँचौ बोर्ड बैठक होटेल एयरपोर्ट, सिनामंगलमा सम्पन्न भएको छ। बोर्डमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष श्री बिष्णु कुमार अग्रवाल, घरेलु तथा साना उद्योग महासंघका कार्यकारी अध्यक्ष श्री उमेश प्रसाद सिंह, निर्माण व्यवसायी महासंघका अध्यक्ष श्री रबि सिंह र होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष श्री विनायक शाह उपस्थित हुनुहुन्थ्यो।  बोर्ड बैठकमा पाँच संस्था ( नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, निर्माण व्यवसायी महासंघ र होटेल संघ नेपालका Project Coordination Committee का सदस्यहरु समेत समावेश हुनुहुन्थ्यो।  बैठकमा नेपाल उद्योग परिसंघका अध्यक्ष श्री बिष्णु कुमार अगर्वालले होटेल नेपालका अध्यक्ष श्री सिर्जना राणाको अनुपस्थितिमा, वरिष्ठ उपाध्यक्ष श्री विनायक शाहलाई परियोजनाको अध्यक्षता हस्तान्तरण गर्नु भएको थियो।  

ELMS परियोजनाले कृषि, निर्माण र पर्यटन क्षेत्रमा निजी क्षेत्रको आवश्यकता अनुसार पेशागत मापदण्ड गर्ने र २४ वटा जिल्लाहरुलाई श्रम बजार सूचना प्रणाली सम्बन्धी सर्वेक्षण  गर्ने लक्ष्य अनुसार तीव्रताका कार्य सम्पादन गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री शेखर गोल्छाले बताउनु भयो।  ELMS परियोजना निजी क्षेत्रको सोकेश परियोजनाको रुपमा रहेको मानिन्छ र यसलाई निजी क्षेत्रको आवश्यकता अनुसार थप कार्य सम्पादन गर्न परियोजनाको अवधि पश्चात् पनि निरन्तरता दिनुपर्ने सम्पूर्ण बोर्डका सदस्यहरुले बैठकमा बताउनु भयो। 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP