logo

महिला किसानलाई अर्गानिक कम्पोष्ट मल प्रदान

जेठ २३, २०७९

प्रेस विज्ञप्ती

 

महिला किसानलाई अर्गानिक कम्पोष्ट मल प्रदान

काठमाडौं । नेपाल उद्योग परिसंघको महिला नेतृत्व फोरमले महिला किसानहरुलाई अर्गानिक कम्पोष्ट मल प्रदान गरेको छ । जुन ५ अर्थात विश्व वातावरण दिवसको अवसर पारेर मञ्चले मकवानपुरस्थित मकवानपुरगढी गाउँपालिका सिमल्टारका दुई सय महिला किसानलाई २५ सय किलोग्राम अर्गानिक कम्पोष्ट मल वितरण गरेको हो । मञ्चले तीलगंगा महिला बहुउद्देश्य संस्था लिमिटेडको समन्वयमा दुई सय जना महिला किसानलाई जनही २५ किलोग्राम अर्गानिक कम्पोस्ट वितरण गरेको हो । कम्पोष्ट मल वितरण कार्यक्रममा महिला कृषकलाई कम्पोष्ट मल बनाउने तरिका पनि सिकाइएको थियो ।

कम्पोष्ट मल वितरण गर्दै महिला नेतृत्व फोरमकी अध्यक्ष छाया शर्माले माटोलाई जोगाउन अति नै आवश्यक रहेको बताउनुभयो । किसानका लागि हरेक दिन बातावरण दिवस हुनुपर्ने तथा कृषिलाई व्यवसायी मुखी बनाउनुमा पनि उहाँले जोड दिनुभयो । बातावरण स्वच्छ नभएसम्म मानिसहरु पनि स्वस्थ रहन नसक्ने भन्दै उहाँले बातावरण स्वच्छ राख्न पनि सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा डा. आनन्द शोभा ताम्राकारले महिला कृषकलाई कम्पोष्ट मल बनाउने तरिका बारे जानकारी गराउनुभयो । सोही कार्यक्रममा नेपाल बंगलादेश बैंकबाट १० जना महिला किसानलाई किसान क्रेडिट कार्ड पनि उपलब्ध गराइएको थियो ।

कार्यक्रममा महिला नेतृत्व फोरमका सदस्यहरु सुनिता न्हेमाफुकी, मञ्जु शर्मा, कल्पना श्रेष्ठ, नेपाल बंगलादेश बैंकका उपमहाप्रबन्धकसहितका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।  

 

यस वर्षको विश्व वातावरण दिवसको नारा ‘वन्ली वान अर्थ’ रहेको छ ।

 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP