logo

नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियोबीच उद्यमशिलता क्षेत्रमा काम गर्न समझदारी

नेपाल उद्योग परिसंघ आईडिया स्टुडियोबीच उद्यमशिलता क्षेत्रमा काम गर्न समझदारी

काठमाडौं

नेपाल उद्योग परिसंघ आईडिया स्टुडियो नेपालबीच उद्यमशिलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल आईडिया स्टुडियोेका अध्यक्ष डा. छिरिङ्ग लामाले हस्ताक्षर गर्नुभयो दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तिय तथा मानव संसाधनको सहयोगबाट उद्यमशिलता तथा लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य हुनेछ

परिसंघ सचिवालयमा आज आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि देशमा उद्यमशिलता तथा व्यवसायिक प्रबद्र्धन गर्न सरकारसँग प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउनुभयो उहाँलेब्रेन डे«रोक्न, उद्यमीहरुका लागि उचित वातावरण बनाउन आवश्यक रहेको भन्नुहुँदै आइडिया स्टुडियोसँगको सहकार्यले नवीन सोंच भएका युवाहरुलाई उद्यम बन्न रचनात्मक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो उहाँले परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रबद्र्धन सम्बन्धी गतिविधिबारे जानकारी गराउनुहुँदै दुई संस्थाबीचको सहकार्यले यस क्षेत्रमा नविनतम् काम हुने विश्वास व्यक्त गर्नुभयो

आईडीया स्टुडीयोका अध्यक्ष लामाले परिसंघसँगको सहकार्यले नेपालमा उद्यमशीलता तथा  लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोजी गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो देशमा केही गरौं भन्नेहरुका लागि सीप तथा नीतिगत सुधारमा काम गर्नुपर्ने परिसंघ सँगको सहकार्यले उद्यमशीलता एवं इनोभेसनका क्षेत्रमा थप काम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो

परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले उद्यमशीलताको क्षेत्रमा सामुहिक रुपमा नयाँ काम हुने विश्वास व्यक्त गर्नुभयो कार्यक्रममा परिसंघका महानिर्देशक दिपकराज जोशी, आईडीया स्टुडियोकी सदीक्षा श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP