logo

आरोही श्रेष्ठ र कान्समा अवार्ड विजेता शाहलाई परिसंघको सम्मान

मितिः २०७९ असार ८

प्रेस विज्ञप्ति

 

आरोही श्रेष्ठ र कान्समा अवार्ड विजेता शाहलाई परिसंघको सम्मान

काठमाडौं । नेपाल उद्योग परिसंघको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ ।

श्रेष्ठले हालै नेपालमा रहेका ८ हजार बढी उचाईका ७ वटा हिमालको सफल आरोहण गर्नुभएको थियो । उहाँले एकै सिजनमा तीन वटा हिमालको पनि सफल आरोण गर्नुभएको थियो ।

यस्तै पटकथा र सिर्जनशिलतामा विशेष कुशलता भएका चलचित्र निर्माता शाहले हालै फ्रान्समा सम्पन्न प्रतिष्ठित कान्स फिल्म फिस्टिभलमा लोरी चलचित्रमार्फत स्पेशल मेन्सन अवार्ड जित्नुभएको थियो ।

परिसंघको उपाध्यक्ष समेत रहनुभएका पर्यटन समिति सभापति राजबहादुर शाह, समिति सदस्य पम्फा धमला, परिसंघ महानिर्देशक दिपकराज जोशीले उहाँहरुको उपलब्धीको प्रशंसा गर्दै सम्मान गर्नुभयो ।

उहाँहरुको यस सफलताले नेपालको पर्यटन प्रबद्र्धनमा थप योगदान पुग्न गएको परिसंघको विश्वास छ ।

 

 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP