logo

परिसंघ (CNI) को २१औं वार्षिक साधारण सभाको सूचना

मितिः २०८०/१२/०९

श्री सदस्यज्यूहरु,
नेपाल उद्योग परिसंघको २१औं वार्षिक साधारण सभा यही २०८१ बैशाख ४ गते मंगलवार (तदनुसार Tuesday, 16th April, 2024) मा हुने भएको व्यहोरा सम्पूर्ण सदस्यज्यूहरुमा सहर्ष जानकारी गराउन चाहन्छौं ।
साधारणसभा निम्नानुसार दुई सत्रमा काठमाण्डौमा सम्पन्न गर्ने तय गरिएको छ ।

समुद्घाटन सत्रः
(क) साधारण सभाको समुद्घाटन समारोह २०८१ बैसाख ४ गते, मंगलवार अपरान्ह ४:३० वजे । (द सोल्टी काठमाण्डौ)
परिसंघको २१औं वार्षिक साधारण सभाको समुद्घाटन प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यूबाट भइ समारोहलाई सम्बोधन समेत हुने कार्यक्रम छ । 

बन्द सत्र :
साधारण सभाको बन्द सत्र २०८१ बैसाख ४ गते, मंगलबार, विहान १० वजे देखि (द सोल्टी काठमाण्डौ)
बन्द सत्रको बिषय सूची मुख्यतया निम्नानुसार हुनेछ :-
१) परिसंघको कार्यक्रम एवं गतिबिधि सम्बन्धि प्रतिवेदन प्रस्तुत तथा छलफल ।
२) परिसंघको आ.ब. २०७९/८० को लेखा परिक्षण प्रतिवेदन तथा आ.ब. २०८०/८१ को आय-व्यय विवरण प्रस्तुत तथा छलफल ।
३) आ.ब. २०८०/८१ का लागि लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण ।
४) परिसंघको विधानमा समसामयिक (सातौं) संशोधन तथा छलफल ।
५) बिबिध ।

साधारण सभामा भागलिन आवस्यक प्रतिनिधि दर्ता फाराम यहाँहरुको प्रयोजनार्थ तल दिएको लिङ्कहरूबाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ । 
साधारणसभाका सम्पूर्ण कार्यक्रमहरुमा परिसंघका सवै सदस्य प्रतिनिधिज्यूहरुको सहभागिता सहित साधारण सभा सफल बनाउनका लागि हार्दिक आग्रह गर्दछौं । 
साधारणसभा सम्बन्धि थप जानकारी आवश्यक परेमा परिसंघको सचिवालयमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।

डाउनलोड लिंकहरू
क) प्रतिनिधि दर्ता फाराम

[पुनश्चः परिसंघको विधानमा साधारण सभामा भाग लिन चालू आर्थिक बर्षको सदस्यता नविकरण गरिएको हुनु पर्ने प्रावधान रहेको जानकारी गराउदै यहाँको संस्थाको नविकरण भएको सुनिश्चित गर्नु हुन समेत हार्दिक अनुरोध गर्दछौं । साधारण सभाको व्यवस्थापनलाई सहयोग पुग्ने गरि साधारण सभामा भाग लिनु हुने प्रति प्रतिनिधि रु. ५,०००।– शुल्कलाग्ने व्यवस्था गरिएको व्यहोरा जाकारीको लागि अनुरोध छ । यस सम्बन्धि थप जानकारी प्रतिनिधि दर्ता फाराममा उपलब्ध रहेको छ ।]

महानिर्देशक
नेपाल उद्योग परिसंघ
थापाथली, काठमाण्डौ

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP