logo

नेपाल उद्योग परिसंघ र संयुक्त राष्ट्रसंघ पुँजी विकास कोष (युएनसीडीएफ) बीच ऐतिहासिक सहकार्य, लगानी तथा व्यापार अभिबृद्धि गर्न अगोरा प्लेटफर्ममा आवद्ध

नेपाल उद्योग परिसंघ र संयुक्त राष्ट्रसंघ पुँजी विकास कोष (युएनसीडीएफ) बीच ऐतिहासिक सहकार्य, लगानी तथा व्यापार अभिबृद्धि गर्न अगोरा प्लेटफर्ममा आवद्ध

काठमाडौं ।

नेपाल उद्योग परिसंघ (सिएनआई) संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (युएनसीडीएफ) को सहयोगमा लगानी तथा व्यापार अभिबृद्धिमा सहयोग गर्न “अगोरा” प्लेटफर्ममा आवद्ध भएको छ । अगोरा विकासशील, उदीयमान र सीमावर्ती बजारका उद्यमी, लगानीकर्ता र विज्ञहरूसँग जोड्ने वेब प्लेटफर्म परियोजना हो । शुक्रबार परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र यूएनसीडीएफका उपकार्यकारी सचिव जेभियर मिचोनले अगोरा प्लेटफर्म संचालन तथा आवद्धता सम्बन्धी समझदारीपत्रमा सम्झौता आदानप्रदान गर्नुभयो । अगोरा प्लेटफर्ममा आवद्ध भएको नेपाल उद्योग परिसंघ पहिलो संस्था हो । 

सो समझदारीसँगै अगोरा प्लेटफर्ममा आवद्ध भएको छ र परिसंघले नेपाली उद्योगहरूको लागि लगानी प्रवद्र्धनलाई बढावा दिन अगोरा प्लेटफर्मलाई अगाडि बढाउनेछ । उत्पादन तथा सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसंघले अगोराको घरेलु परिनियोजनको निरीक्षण गर्नेछ । साथै नेपालका उद्यमी एवं व्यवसायीहरुलाई उद्यमशिलताको विकासका लागि आवश्यक पर्ने वित्तियसहित विशेषज्ञता आवश्यकताको आधारमा दिइनेछ ।

अगोराले देशको औद्योगिक र संस्थागत क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्दै स्वदेशी एवं विदेशी लगानी प्रबद्र्धन गर्ने परिसंघको दृष्टिकोणलाई सहयोग गर्नेछ ।

परिसंघका अध्यक्ष अग्रवालले युएनसीडीएफसँगको सहकार्यबाट नेपालमा लगानीको परिदृश्यलाई रूपान्तरण गर्न अगोरा प्लेटफर्म महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । संयुक्त राष्ट्र संघको पुँजी विकास कोषले अगाडि सारेको “अगोरा” मा नेपाली वस्तुहरुलाई आवद्ध गराउने र नेपाली वस्तुहरु अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्याउन महत्वपूर्ण हुने उहाँले बताउनुभयो । परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमार्फत नेपाली वस्तुहरुको प्रबद्र्धनमा काम गर्दै आएको भन्नुहुँदै उहाँले यस प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्ने मात्रै नभई अन्तर्राष्ट्रिय व्यवसायिक सञ्जालमा पुग्न प्रभावकारी माध्यम बन्ने बताउनुभयो । साथै उहाँले अगोराले सुचना प्रसारणमा भएको कमीलाई पुरा गरी व्यवसाय, उद्यमी र समुदायहरूलाई पूँजी निर्माणमा समेत योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यूएनसीडीएफका उपकार्यकारी सचिव मिचोनले परिसंघसँगको अर्थपूर्ण सहकार्य र साझेदारीले नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न निकै सहयोग हुने बताउनुभयो । उहाँले अगोराले विदेशी लगानीकर्ताहरूलाई ‘किन नेपाल’ बाट ‘किन नेपालमा नगर्ने’ भन्ने मानसिकतामा परिवर्तन ल्याउन मद्दत गर्न सक्ने समेत बताउनुभयो ।

समान विचारधाराका साझेदारहरूसँगको सहकार्यमा युएनसीडीएफले सन् २०२३ को अन्त्यसम्ममा करिब २० देशहरूमा पुग्ने लक्ष्यका साथ अगोरालाई विश्वव्यापी सार्वजनिक हितका रूपमा अगाडि बढाइरहेको छ । लगानीकर्ताहरुले उदियमान बजार अवसरहरु खोजी रहन्छन्, अत्याधुनिक एल्गोरिदमहरू र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर उद्यमी एवं लगानीकर्ताबीचको सम्बन्धलाई प्रगाढ बनाउन अगोराले उनीहरुको हकहित सुनिश्चित गर्न मद्दत गर्नेछ ।

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP