logo

नवनिर्वाचित सिएनआई पदाधिकारी–काँग्रेस सभापति देउवाबीच छलफल, आर्थिक मुद्धालाई पहिलो प्राथमकितामा राख्न आग्रह

नवनिर्वाचित सिएनआई पदाधिकारी–काँग्रेस सभापति देउवाबीच छलफल, आर्थिक मुद्धालाई पहिलो प्राथमकितामा राख्न आग्रह

काठमाडौं ।

नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरुको नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्नुभएको हो ।

उक्त छलफलमा नवनिर्वाचित अध्यक्ष अग्रवालले मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा जानकारी गराउनुहुँदै राजनीतिक दलहरुले आर्थिक मुद्धालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । अर्थतन्त्र सुधारका लागि आर्थिक विषयहरुलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा उहाँले जोड दिनुभयो । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य प्राप्तिका लागि आगामी मौद्रिक नीति लचिलो हुनुपर्नेमा पनि अध्यक्ष अग्रवालले जोड दिनुभयो ।

सो अवसरमा कांग्रेस सभापति देउवाले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै अर्थतन्त्रको सुधार तथा निजी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो ।

उक्त भेटमा उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्यहरु छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दिपकराज जोशी सहभागी हुनुहुन्थ्यो ।

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP