logo

सेजन नयाँ कार्यसमितिलाई नेपाल उद्योग परिसंघको बधाई, अर्थतन्त्रका विषयमा छलफल

सेजन नयाँ कार्यसमितिलाई नेपाल उद्योग परिसंघको बधाई, अर्थतन्त्रका विषयमा छलफल

काठमाडौं

नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामनासहित अर्थतन्त्रका विषयमा छलफल गरेको विहिबार परिसंघ सचिवालयमा आयोजित बधाई कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सेजन अध्यक्ष सुजन ओलीसहित कार्यसमिति सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो

सो अवसरमा उहाँले मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सुधारका लागि सबैको प्रयासको खाँचो रहेको बताउनुभयो विदेशी मुद्रा संचितीमा दबाब पर्दा लिइएको नीति, कोभिड १९ को असरबाट बाहिर निस्कन नपाउँदै प्रभावित क्षेत्रलाई दिइएको छुट तथा सुविधा एकै पटक हटाउँदा अर्थतन्त्र आजको अवस्थामा आइपुगेको उहाँले बताउनुभयो

आर्थिक मन्दीका कारण उद्योग व्यवसायी, सरकारलगायत सर्वसाधारण समेत खर्च गर्न डराएका कारणले माग घटेको भन्नुहुँदै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन बजारमा पैसा पठाउनुपर्नेमा जोड दिनुभयो उहाँले अर्थतन्त्रलाई थप जटिलतामा जानबाट रोक्न समयमै सुधार गरिनुपर्ने बताउनुभयो अर्थतन्त्रलाई डीप डिप्रेसनमा जानबाट रोक्न समयमै सुधार गर्नुपर्छ, ढिलो गरी गरिने सुधारले काम नगर्न पनि सक्छ”, उहाँले भन्नुभयो अर्थतन्त्रलाई छिट्टै सुधारतर्फ लैजान सरकारले पूँजीगत खर्च गर्नुपर्ने, निर्माण व्यवसायीहरुलाई दिनुपर्ने भुक्तानी दिनुपर्ने उहाँले बताउनुभयो यसैगरी राष्ट्र बैंकले प्रभावित क्षेत्रका लागि कर्जाको पुनर्संरचना पुनर्कर्जाको पैसा दिनुपर्ने बताउनुभयो

सेजनका नवनिर्वाचित अध्यक्ष ओलीले व्यवसायिक वातावरण बनाउन काम गर्नुपर्ने बताउनुभयो सेजन नीतिगत सुधारमा लागेको भन्नुुहुँदै कानून तथा नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनुभयो

सो कार्यक्रममा परिसंघका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, भीम घिमिरे, परिसंघ पदाधिकारी सदस्य गोकुल भण्डारी, सन्दिप सारडालगायत सहभागी हुनुहुन्थ्यो

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP