
मितिः २०७८/०३/३१
सम्पूर्ण सदस्यज्यूहरु,
नेपाल उद्योग परिसंघ
थापाथली, काठमाण्डौ ।
विषयः साधारण सभाका सम्बन्धमा गरिएको व्यवस्थाका सम्बन्धमा ।
महोदय,
नेपाल उद्योग परिसंघको १८ औं साधारण सभा तथा राष्ट्रिय परिषद सदस्यको निर्वाचन सम्बन्धी सूचना यस अघिनै पत्र मार्फत जानकारी गराई सकिएको छ । परिसंघको साधारण सभाको समुद्घाटन सत्र, बन्द सत्र तथा निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरु परिसंघका सदस्यज्यूहरुको भौतिक उपस्थितिमा निम्न समय तथा स्थानमा गर्ने तय भएको व्यहोरा जानकारी गराउदछौं ।
परिसंघ, यहाँलाई समुद्घाटन सहित सभाका सम्पूर्ण कार्यक्रमहरुमा भाग लिई साधारणसभालाई सफल बनाउन हार्दिक आग्रह गर्दछ ।
मितिः २०७८/०४/०६
समयः विहान ११:३० वजे
स्थानः होटेल याक एण्ड यति, दरवार मार्ग, काठमाण्डौं ।
भवदीय,
यादवप्रसाद पौड्याल
महानिर्देशक