logo

देशकै सबैभन्दा ठूलो स्टार्टअप फेष्ट सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ पुष ७ गते काठमान्डौमा हुँदै

देशकै सबैभन्दा ठूलो स्टार्टअप फेष्ट सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ पुष गते काठमान्डौमा हुँदै

काठमान्डौ         

नेपाल उद्योग परिसंघ अन्तरगतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुष गते देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ आयोजना गर्न लागेको

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ आयोजना गर्न लागिएको हो नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नविन सोंच भएका स्टार्टअपहरुलाई लगानी जुटाउन सहयोग गर्ने, मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन एवं नीतिगत बहस गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेष्ट आयोजना गर्न लागिएको हो

स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहदै आएको नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन उनीहरुलाई लगानी जुटाएर प्रोत्साहन गरिनेछ साथै नीतिगत सुधार एवं नीति निर्माणका लागि सरोकारवालाहरुबीच गहन छलफल गरिनेछ स्टार्टअप प्रबर्द्धनमा विदेशमा भईरहेका सफल अभ्यास तथा उपलब्धीहरुका विषयमा पनि विभिन्न सत्रमा छलफल हुनेछन्

सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ मा  दुई सय ५० भन्दा बढी स्टार्टअप्सले लगानीका लागि परियोजनासहित प्रस्ताब पेस गरेका छन् त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअप्सलाई फेष्टमा प्रस्तुतीकरणको अवसर प्रदान गरिनेछ सो प्रस्तुतीकरणको आधारमा लगानीकर्ता कम्पनीहरुले लगानीको प्रतिबद्धता जनाइ आसयपत्रमा हस्ताक्षर गर्नेछन् पुँजी लगानीका लागि टेलि भेन्चर, एनआइएमबी एस क्यापिटल, रिलायबल भेन्चर, लोटस होल्डिङ, अल्फा प्लस भेन्चर, हिमालयन क्यापिटल, टिम भेन्चर, ग्लोबल इक्वीटी फण्ड, अध्यान्ता फण्ड म्यानेजमेन्ट, नियोटेरिक नेपालले प्रतिबद्धता समेत जनाइसकेका छन्

स्वदेशी एवं विदेशी विज्ञहरुबाट स्टार्टअपको विषयमा प्रस्तुती हुने फेष्टमा विभिन्न विषयमा Panel Discussion हुनेछ साथै स्टार्टअपहरुले Live pitching गर्नुका साथै Robotic Football, Robowar, Live Musical Concert हुनेछन् यसैगरी मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध स्वदेशी कम्पनीहरुको प्रदर्शनी एवं स्टार्टअप्सले आफ्ना बस्तु तथा सेवाको प्रदर्शनी पनि गर्नेछन्

सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ को टाइटल स्पोन्सरमा नबिल बैक लिमिटेड रहेको यसैगरी स्पोन्सर कम्पनीहरुमा RMC Group, AECC Global Nepal Pvt. Ltd., Yamaha, Seres EV, IME Pay, Boat Lifestyle, Budweiser, Turkish Airlines छन् यस्तै विकास साँझेदारहरुमा Embassy of India, USAID, ILO, European Union ले सहयोग गरेका छन्

सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ मा Khalti, Soaltee, NPEA, Pioneer Law Firm, IIDE, Fusemachines, The Himalayan Times, News24, Khalisisi, Vyasa Media, VS International College, National College of Computer Studies, DAV College, ACE Institute of Management ले विभिन्न शीर्षकमा सहकार्य गरेका छन्

सीएनआईवाईइएफ स्टार्टअप फेष्टको पहिलो संस्करण सन् २०२२ मा आयोजना गरिएको थियो सो फेष्टमा २४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी जुटाउन पनि सफल भएका थियौं

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP